बुधबार, वैशाख १२, २०८१

कोरोना अपडेट : थप २ हजार ३४० जना डिस्चार्ज

नेपालखोज २०७७ असोज २० गते १९:४३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा २ हजार ३ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा ६७ हजार ५ सय ४२ संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म प्रदेश १ मा ५ हजार ८५५, प्रदेश २ मा १४ हजार ८५१, बाग्मती प्रदेशमा २२ हजार ४२५, गण्डकी प्रदेशमा ३ हजार ८६९, प्रदेश ५ मा ९ हजार ८६७, कर्णाली प्रदेशमा ३ हजार २६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २२६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया