बिहीबार, जेठ ३, २०८१

कुमारी बैंकद्वारा निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प सम्पन्न

नेपालखोज २०७७ असोज २१ गते १८:२६

काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्यमा सञ्चालन गरेको “निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प” आज बुधबार सम्पन्न भएको छ । बैंकका अनुसार सो क्याम्प यहि असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरिएको थियो । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराएर पि.सि.आर. परीक्षण गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराउने बैंकले बताएका छन् ।

भाइरसको संक्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरे। कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी भन्छन् “आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागि पर्नेछौं । ”

प्रतिक्रिया