आइतबार, असार २२, २०८२

अहिले राति पौने १० बजेदेखि डीभीको आवेदन खुल्दै

नेपालखोज २०७७ असोज २१ गते २१:३६

काठमाडौं । डाइभर्सिटी भिसा (डीभी) आवेदन आजदेखि खुल्दैछ । अहिले राति पौने १० बजेदेखि डीभीको आवेदन खुल्न लागेको हो । नेपालमा रहेको अमेरिकी दूतावासकाअनुसार यसको समय सीमा २०७७ कात्तिक (नोभेम्बर १०) सम्म तोकिएको छ।

डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ। डीभीको फारम http://www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिने दूवतावासले जानकारी दिएको छ। डीभी आवेदन भर्न कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ।

फारम भर्दा २१ बर्षमुनिका अविवाहित सन्तानहरुको पनि नाम खुलाउनुपर्ने प्रावधान दुतावासले गरेको छ । यस्तै अवैधानीक रुपमा सन्तानको नाम राखेर फारम भर्न नपाईने पनि दुतावासले नियम ल्याएको जानकारी दिएको छ ।

आवेदकले आफ्नो हालसालै खिचेको फोटो राखेर फारम भर्नुपर्न तथा आवेदकको इमेल ठेगाना पनि उक्त फारम मार्फत दुतावासलाई उपलब्ध गराउनुपर्ने छ । तर आवेदकको नाम उक्त चिट्ठामा परेको भएपनि योग्यता जाँच तथा ईन्टरभ्यु पछि मात्रै उक्त आवेदक भिषाका लागि योग्य हुने दुतावासले जानकारी दिएको छ ।

भिषा भर्नका लागि दुतावासको वेवसाइट  www.dvlottery.state.gov खोलेर आफ्नो योग्यता, नाम, थर, आफ्ना सन्तानको नाम, हालसालै खिचेको आवेदकको फोटो लगायतका विवरण भर्नुपर्ने छ ।

प्रतिक्रिया