मंगलबार, वैशाख ११, २०८१

आज बिहीबार बंगलामुखी देवीको पुजा आराधना गर्नुहोस् सुख प्राप्त हुनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ असोज २२ गते ५:००

तन्त्रशास्त्र अनुसार दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो। बृहस्पतीको स्वामी भएको हुनाले, बृहस्पतीको ग्रह पिडा पाउने उद्देश्यले बिहिबार दिन बंगलामुखीको दर्शन गर्ने गरिन्छ। बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ। बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो।

त्यसकारण माता बंगलामुखीलाई श्री भगवान हरसकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ। जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ।

बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नको लागि बंगलामुखीको आराधनावाट सिघ्रफल पराप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रहेकोछ। तन्त्र साधना गने, शत्रुलाई भमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ।

देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ। धेरै ठाउँहरूमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो। जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्ने गरिन्छ। किनभने पितृ र कुललार्इ सञ्चालन गने बृहस्पती भनिन्छ र बंगलामुखी माता बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोषहरू लाग्दा बंगलामुखीको शरणमा जाने गदर्छन ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको दिन छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।


(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योगमा जुट्ने समय छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । राजनीति वा कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट उपलब्धिपनि राम्रै पाइएला ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता छाउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइकालागि दौडधूप गर्नु पर्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । महिला वा मित्र बाट विशेष सहयोगको आश राख्न सकिन्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया