बिहीबार, वैशाख १३, २०८१

धन प्राप्तीका लागि आज शुक्रवार महालक्ष्मी देवीको पूजा आराधना गर्नुहोस् ।। तपाईको राशिफल ।।

नेपालखोज २०७७ असोज २३ गते ५:००

आज शुक्रबार, आजका दिन हिन्दु धर्मावलम्बीहरूले धनकी देवी महालक्ष्मी देवीको पूजा गर्ने गरेका छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतारहरु सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा आराधना गरिन्छ । आजको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ । आजका दिन महालक्ष्मी देवीको पुजा गर्नाले घरमा लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यता छ ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पारिवारिक साथ र सद्भाव बढ्नेछ । विभिन्न कुराको जिम्मेवारी निर्वाह र नेतृत्त्व गर्नुपर्नेछ । परिवारको खुसीका लागि केही खर्च गर्नुपर्ला ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । भौतिक सुख प्राप्तिकालागि खर्च बढ्न भने सक्छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कला र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि समझदारी भने कायम रहनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ , तर व्यक्तिगत खुसीका लागि खर्च हुनसक्छ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घर परिवरमा शुभकार्यको योजना र चर्चा चल्नेछ । आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

 

प्रतिक्रिया