बुधबार, वैशाख २६, २०८१

सानिमाको आईपिओमा ४ गुणा बढीको आवेदन

नेपालखोज २०७७ असोज २३ गते ७:२५

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले जारी गरेको आईपीओमा दोस्रो दिन मै ४.७४ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा हिजो साझँ ६ बजे सम्ममा ५ लाख ८५ हजार २ सय ६ जना आवेदकले १ करोड २९ लाख ६३ हजार १ सय ५० कित्ताको आवेदन दिएका हुन् ।

कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया