शुक्रबार, वैशाख ७, २०८१

अमेरिकाको व्यापार घाटा १४ वर्ष यताकै उच्च

नेपालखोज २०७७ असोज २३ गते ९:२८

एजेन्सी । अमेरिकाको व्यापार घाटा अगस्टमा ६७ अर्ब डलरमा पुगेको सेन्सस ब्यूरोले जनाएको छ । फेब्रुअरीमा घाटा ३७ अर्ब डलरबाट तीव्ररुपमा वृद्धि भएर यो अनुपातमा आएको हो ।

कोभिड–१९ महामारी देशभरी विस्तार भएको छ र यसले अमेरिकी अर्थतन्त्र डुबानमा परेको छ । लकडाउनका कारण विदेशी व्यापार नराम्ररी प्रभावित भएको छ र निर्यात अझै पनि महामारीपूर्वको तहमा सुधार नभएको विज्ञहरुले बताएका छन् ।

अन्तिम पटकको उच्चतम व्यापार घाटा २००६ को अगस्टमा थियो । घाटा स्प्रिङ लकडाउनदेखि लगभगजसो प्रत्येक महिना वृद्धि भइरहेको छ । तर जुनमा मात्रै मासिक मापनका आधारमा ओरालो लागेको थियो । यो प्रवृत्तीले तेस्रो त्रैमासको आर्थिक वृद्धिमा प्रभाव पारेको सिटीका अर्थशास्त्रीले ग्राहक टिप्पणीमा उल्लेख गरेका छन् ।

फेडरल रिजर्भ बैंक अफ एटलान्टाको जीडीपी हाल नाउ मोडलले वार्षिक रुपमा ३५।३ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । यो आवधिक मिलानको आर्थिक वृद्धिको दर हो । यो बृहत् सुधार अर्थतन्त्र अझै पनि पूर्व महामारीको अवस्थामा आउनका लागि लामो समय लाग्ने देखिएको छ ।कारोबारबाट

प्रतिक्रिया