मंगलबार, वैशाख ११, २०८१

भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

नेपालखोज २०७७ असोज २३ गते १२:१८

काठमाडौं । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँगीत ‘बनचरी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिज गरिएको हो ।

गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ । एउटी छोरीले जन्म दिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँका ‘नोस्टाल्जिया’गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताईन् । सुब्बा अफै राम्रो गायिका समेत हुन् । उनका मालिङ्गो सैसै, भूमिका र संगिनी तीन ओटा सोलो एल्बम रहेकाछन् भने आधा दर्जन भन्दा बढी सयुक्त गीति सग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाकोरुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन् । त्यसैको निरन्तरता हो बनचरी ।

चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा रुचाईका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छिन् । साजन राईको संगित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाडौं उपत्यका छेउछाउँको ग्रामिण दृष्यहरु समेटिएका छन् ।

प्रतिक्रिया