अनसनरत डा. केसीको जीवन रक्षा गर्न प्रवक्ता श्रेष्ठको माग

नेपालखोज २०७७ असोज २४ गते ८:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र अनसनरत डा. गोविन्द केसीसँगको वार्ता हरहालतमा सफल पार्नुपर्ने बताएका छन् ।

आज एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीको जीवन रक्षाका लागि सम्बन्धित सबै संवेदनशील बन्नु पर्नेमा जोड दिएका छन् । साथै उनले डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् ।

 

प्रतिक्रिया