संसदीय दलकी सचेतक शान्ता चौधरी आईसीयुमा भर्ना

नेपालखोज २०७७ असोज २४ गते ८:४९

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।

चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक संजालमार्फत् आग्रह गरेकी थिइन् ।

चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो । शान्ता चौधरी स्तन क्यान्सरबाटसमेत पीडित थिइन् ।

प्रतिक्रिया