कोरोना अपडेट : एकैदिन थपिए ५ हजार ८ सय नयाँ संक्रमित
नेपालखोज
२०७७ असोज २४ गते १७:४९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् । यो आजसम्मकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ । त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमण पछि निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया