सोमबार, कार्तिक २६, २०८१

सरकार र अनसनरत डा. केसीबीच सहमति

नेपालखोज २०७७ असोज २५ गते ७:२७

काठमाडौं । सरकारी वार्ता टोली र अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीबीच सहमती भएको छ । सहमतीसँगै नेपाल चिकित्सक संघले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।

आफ्ना माग पूरा भएसँगै डाक्टर केसीले आज २७ औं दिनपछि अनशन तोड्दै छन्। हिजो राति डाक्टर केसीपक्ष र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो।

नेपाल चिकित्सक संघले आजबाट देशभरका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड(१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो। चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उदेश्यले आकस्मिक सेवा बहिस्कारको निर्णय गरिएको हो।

यसले केसीका मागलाई सम्बोधन गर्न सरकारलाई थप दवाव सिर्जना गरेको थियो। डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएकाले सेवा बन्द गर्न बाध्य भएको भन्दै संघले सरकारले वार्तालाई औपचारिकतामा मात्रै सीमित गरेको आरोप लगाएको थियो।

https://www.facebook.com/mainaligopi/posts/10159114506594524

 

प्रतिक्रिया