शुक्रबार, चैत १६, २०८०

एड्भेन्चर मिट्स फनः रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड

नेपालखोज २०७७ असोज २५ गते १७:५३

काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी आइतबार देखि एक सातासम्म चल्ने सो टेस्ट राइड विहान १० देखि बेलुकी ५ बजेसम्म गर्न सकिने छ । सो अवसरमा गाइड मार्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिने छ । टेस्ट राइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ ।

रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन र इन्टरसेप्टरको राइड अनुभव लिन पाउँदा राइडरहरु निकै नै खुसी हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ । हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डर एयर–कुल्ड एसओएचसी इन्जिन छ । यसले २४.५ पीएस पावर र ३२ एनएम टर्क प्रदान गर्छ । हिमालयन साधारण र दमदार लुक भएको बाइक हो, जसको ड्यासबोर्डमा मोडर्न टच रहेको छ । स्पिडोमिटर, ट्रिपमिटर, फ्युल गेज, डायरेक्सनल कम्पस र अन्य जरुरी इन्फर्मेसन एनालग डायल र डिजिटल डिस्प्लेमा देख्न सकिन्छ । सो बाइकमा हेलोजन हेडल्याम्प उपलब्ध छ ।

इन्टरसेप्टर बाइकमा ६४८ सीसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ । यसले ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पिडको गियरबक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको छ । बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघण्टा रहेको छ । सो बाइक रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिको बाइक हो । यी दुई बाइकको मूल्य क्रमशः ८ लाख ९८ हजार र १२ लाख ४९ हजार रुपैयाँ छ ।

कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नो योर इन्फिल्ड’ विजेताको घोषणा समेत सोही अवसरमा फेसबुक लाइभमार्फत गर्ने बताएको छ । दशैं र तिहार लगायतका चाडपर्व नजिक आइरहेको सन्दर्भमा राइडरहरुलाई रोयल इन्फिल्ड बाइकको अनुभूति प्रदान गराउनका लागि सो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया