शुक्रबार, वैशाख १४, २०८१

फुडमाण्डु र डक्टर्स अन कल नेपाल (डीओसी) बीच सहकार्य

नेपालखोज २०७७ असोज २६ गते १२:०६

काठमाडौं । आफ्नो क्षेत्रमा सबैभन्दा पहिलो, फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको दस वर्ष पुरानो कम्पनी फुडमाण्डु प्रालिले हालै डक्टर्स अन कल नेपाल (डीओसी) का साथ साझेदारी गरेको छ । फुडमान्डुले आफ्नो स्टाफ सदस्यहरू र खासगरी ग्राहकहरूको स्वास्थ्य र सुरक्षाको बारेमा विशेषज्ञहरूको सल्लाह लिईरहेको छ । कम्पनीमा संलग्न सबैको राम्रो स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने प्रयासअन्तरगत फुडमाण्डुले डीओसीसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ र सम्झौतापछि डिओसीले स्वास्थ्य र सुरक्षा सल्लाहकारको भूमिका खेल्नेछ ।

यसले प्लेटफर्मबाट अर्डर गर्न सुरक्षित छ भनेर ग्राहकहरुलाई सुनिश्चित गर्न र आश्वासन दिनेछ र यसको साइटहरुमा रोकथाम सुरक्षा र स्वच्छता मापदण्डहरु जारी राख्नेछ । डीओसीले सुरक्षा कदमहरूलाई प्राथमिकता दिन, स्क्रीनिंग प्रोटोकोललाई सुदृढ गर्न, मानव संसाधन नीति लागू गर्न, कोभिड १९का लक्षण बारेमा कर्मचारीलाई शिक्षित पार्दे तालिम र वर्कशप मार्फत रोकथामको कार्य गर्नेछ । साथै आईटी प्रणालीलाई उपयोग गर्दे कामका आवश्यकताहरू विकास गर्न सहयोग गर्ने, कर्मचारी र उनीहरूका परिवारका लागि अनलाइन डाक्टर परामर्शमा फुडमान्डुलाई सहयोग पुर्यागउनेछ। कम्पनीकालागि चौबीसै घण्टा र आकस्मिक योजनाहरू समेत उपलब्ध गराउनेछ ।

फुडमान्डुले उनीहरूको पार्टनर रेष्टुरेन्टहरूसँग डेलिभरी साइकलमा सुरक्षाको कमीहरू हटाउने आशामा सुरक्षा मापदण्ड गाईडलाइनहरु कार्यान्वयन गर्न पनि प्रयत्न गरेको छ । उनीहरूसँगको सहकार्यको अवधि मार्फत डिओसीले कोभिड १९ को वरपर रहेका लोकप्रिय मिथकहरूको पर्दाफास गर्ने, कार्यालयमा नयाँ सुरक्षा मापदण्डहरू कार्यान्वयन गर्नु, र समग्र वितरण प्रक्रियामा पनि लागू गरेको छ। राईडरको सवारी साधन र प्रयोग गरिने झोलाहरूको लागि एउटा कीटाणुशोधन क्षेत्र स्थापना गर्नेदेखि लिएर कर्मचारीहरूका लागि कोभिड १९ जागरूकता कार्यशाला सञ्चालन गर्ने, कम्पनीमा स्यानिटाईजेसन स्टेशन स्थापना गर्ने, विशेषज्ञहरूले कम्पनीको सहज र सुरक्षित कामका लागि सुविधासम्बन्धी सबै चिन्ता सम्बोधन गर्नेछन् ।

स्वास्थ्य विशेषज्ञहरूसँगको सहकार्यमा फुडमाण्डुको दैनिक कार्य संचालनमा उल्लेखनीय परिवर्तन भएको छ र यसले गर्दा राइडरहरुले प्रयोग गर्ने पञ्जाको तर्कहिन उपयोगिताका कारण पञ्जाको प्रयोग बन्द रहेकोछ । डीओसीका विशेषज्ञहरूले कुनै पनि प्रकृतिको सुरक्षा ग्लोभको गलत अर्थ बारे सचेत गराउँदछ । विशेषज्ञहरूले कर्मचारीहरूलाई कसरी कोभिड १९ भाइरस पञ्जामा बाँच्न सक्छ भनेर जागरुक गराएका थिए, जसरी यसले खुला हातहरू र यसबाट सार्ने जोखिमहरू हुने गर्दछ । बोर्डमा रहेका कर्मचारीहरूलाई कम्तिमा २० सेकेन्डको लागि हात धुन पञ्जा लगाउँदा हातहरू स्यानिटाईज गर्ने बारेमा बताएका थिए । फूडमान्डुको नयाँ प्रतिबद्धताले आफ्ना ग्राहकहरुको घरमा तातो खानेकुरा पुर्याउनु मात्र नभई सुरक्षित रुपमा पुर्याउने उद्धेश्यलाई सुनिश्चित गर्दछ ।

प्रतिक्रिया