मंगलबार, वैशाख ४, २०८१

भिटामिन डीको कमी भएमा देखिन्छन् यस्ता समस्या

नेपालखोज २०७७ असोज २७ गते ५:०३

१. जोर्नीमा पीडा
मांसपेशी तन्केको जस्तो हुने, जोर्नीमा पीडा, हाड दुख्ने र पिठ्युँ दुख्ने जस्ता समस्या देखिएमा अनि कुनै कारणविना नै कपाल झर्न थालेमा भिटामिन डीको कमी भनी बुझ्नुपर्छ ।

२. शरीरको तापक्रम बढ्ने
भिटामिन डीको कमी हुँदा शरीरको तापमान ९८।६ डिग्रीनजिक पुग्छ र शरीरबाट पसिना पनि खुबै आउँछ । यसबाहेक निमोनिया, चिसो लाग्ने र ब्रोंकाइटिसका समस्या पनि छिट्टै निको हुँदैनन् ।

३. चोट छिट्टो ठीक नहुने
दुर्घटनामा कुनै चोट लागेको छ भने वा हड्डी भाँचिएको छ भने भिटामिन डीको कमीका कारण ठीक हुन लामो समय लाग्छ ।

४. उच्च रक्तचाप
रक्तचाप र ब्लड सुगरको स्तर उच्च बनिरहनु पनि भिटामिन डीको कमीको एक कारण हुनसक्छ । उच्च रक्तचाप हुँदा मुटुका रोग र मधुमेह पनि हुनसक्छ ।

५. भिटामिन डीको कमीका कारण
आवश्यकताभन्दा बढी तौल, जाडोमा घाममा नबस्ने, उमेर बढ्दै जाने, भिटामिन डी भएको खानेकुराको कमी, गाढा रंग भएको छाला हुनु केही कारण हुन् । केही मानिसलाई घाममा बस्दा छाला चिलाउने समस्या हुन्छ । भिटामिन डीले भरपूर आहार लिँदा यो कमीलाई पूरा गर्न सकिन्छ ।

प्रतिक्रिया