शुक्रबार, वैशाख १४, २०८१

आईपीएल २०२० : चेन्नई सुपर किङ्सको तेस्रो जित

नेपालखोज २०७७ असोज २८ गते ७:३५

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ ।

दुबईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि केन विलियम्सन ५७, जोनी बेयरस्टो २३, प्रियम गार्ग १६, विजय शंकर १२ तथा राशिद खान १४ रनमा आउट भए ।

चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २र२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले १र१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए ।

त्यस्तै अम्बाती रायडु ४१, साम करन ३१, कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए । दराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २र२ विकेट लिए । जितसँगै चेन्नई ८ खेलमा ६ अंक जोड्द तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ ।

प्रतिक्रिया