बूढानीलकण्ठ नगरपालिका प्रमुख खरेल कोरोनामुक्त
नेपालखोज
२०७७ असोज २८ गते १०:५९
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए ।
आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा परेका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया