बुधबार, कार्तिक २८, २०८१

एनआईसी एशिया बैंकको डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट

नेपालखोज २०७७ असोज २८ गते १७:२१

काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादशैं, शुभ दिपावली, एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले ‘डिजिटल उत्सव’ योजना ल्याएको छ । उक्त योजना अनुसार बैंकका ग्राहकहरूले २०७७ कार्तिक १ देखि मंसिर ५ गतेसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरू मार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी नगद छुट तथा नगद फिर्ताको व्यवस्था भएको जनाएको छ । बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक प्राप्त गर्न सक्नेछ ।

देशब्यापी कोभिड-१९ महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुश गर्दै चाँडपर्वको अवसरमा ग्राहकहरूलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको छ । चाँडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहकहरूको समेत डिजिटल कारोबारमा पहुँच पुर्‍याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

यस बैंकले ल्याएको अतुलनीय ‘डिजिटल उत्सव’ योजना अन्तर्गत ग्राहकहरूले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास ब्याकमा खरिद गर्न सक्ने जनाएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न अनलाइन किनमेललाई प्रोत्साहन गर्न सस्तोडिल, ग्यापु, मार्केट प्लेस, ठूलो पसल, इनफिसटर, ओकडम र कालमार्ट जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना २७ असोज देखि १ कार्तिक २०७७ सम्म र ग्राहक महानुभावहरूले मोबाइल बैकिङबाट भुक्तानी गर्दा ह्यापी आओर योजनाबाट रू. ४००, सुपर सिक्स क्याम्पेन योजनाबाट रू. ५०० तथा अनलाइनबाट खाता खोली पहिलोपटक मोबाइल बैकिङ मार्फत कारोबार गर्दा रू. ५०० गरी मासिक रुपमा रू. १,४०० सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ । साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्नेको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पुर्‍याउन बैंकले योजनाहरू कार्यान्वयनमा ल्याइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया