शनिबार, वैशाख ८, २०८१

नेपाल टेलिकमद्धारा बिभिन्न अफर सार्वजनिक

नेपालखोज २०७७ असोज २८ गते २१:४७

काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०२० तथा फेस्टिवल अफर २०७७ सार्वजनिक गरेको छ । कम्पनीले उक्त अफर अन्र्तगत बिभिन्न आर्कषक प्याकेजहरु उपलब्ध गराउने घोषणा गरेको छ । मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप\परिमार्जन गरी यही असोज २९ गतेदेखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

त्यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ ।

 

प्रतिक्रिया