शुक्रबार, वैशाख १४, २०८१

अफगानिस्तानमा फेरि तालिवानको आक्रमण : १६ सुरक्षाकर्मीको मृत्यु, १० जना घाइते

नेपालखोज २०७७ असोज २९ गते ६:२१

एजेन्सी । अफगानिस्तानमा फेरि तालिवान लडाकूले आक्रमण गरेको छ । विद्रोही समूह तालिवानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका अधिकारीहरुले बताएका छन् भने आक्रमणमा परि १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।

बाघलान प्रान्तको गोजारगाह-ए-नूर  जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालय नजिक पनि भिडन्त भइरहेको छ । तालिबान तर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन् ।

अफगान सरकार र तालिवानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी छ तरअफगानिस्तानभित्र हिंसात्मक झडपहरु निरन्तर भइरहेका छन् ।

प्रतिक्रिया