शुक्रबार, वैशाख ७, २०८१

प्रभु लाइफ इन्सुरेन्सको आज साधारण सभा

नेपालखोज २०७७ असोज २९ गते ९:००

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको आज बिहीबार असोज २९ गते साधारण सभा बस्दैछ । सभामा २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्नेलगायतका एजेन्डा रहेका छन् ।

त्यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा, काठमाडौं म्यारियट होटल नक्सालमा बिहान ११ बजे सुरु हुनेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन गर्न यसले रेटिङ सम्पन्न गरिसकेको छ । धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेको छ ।

बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । यसले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया