शुक्रबार, वैशाख १४, २०८१

बिहीबार एक घण्टामा ५.०४ अंक बढ्यो बजार, नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक बढ्यो

नेपालखोज २०७७ असोज २९ गते १२:५६

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पहिलो घण्टामै नेप्से परिसूचक ५ दशमलव शून्य ४ अंक बढेर १ हजार ५६६ दशमलव २० विन्दुमा पुगेको छ । बुधवार ७ दशमलव ४२ अंक घटेर १ हजार ५६१ दशमलव १७ विन्दुमा बन्द भएको थियो ।

यस दिन १ हजार ५६१ दशमलव १७ विन्दुदेखि खुला भएको बजार कारोबारको २० मिनेटमै १ हजार ५७९ विन्दुसम्म पुगेको थियो । अर्थमन्त्रि नियुक्तिले पनि बिहीबारको बजार प्रभावित भएको जानकारहरु बताउँछन् । अर्थमन्त्रिका रुपमा विष्णु पौडेल नियुक्त भएका छन् । नेपालको शेयर बजारको इतिहासमा उच्च विन्दु कायम गर्दाका समयमा पनि पौडेललेनै अर्थमन्त्रिको कार्यभार सम्हालेका थिए । शेयर बजारका लागि फापेका अर्थमन्त्रिको रुपमा चिनिएका पौडेललाई बिहीवारको कारोबारले सकारात्मक स्वागत गरेको देखिन्छ ।

बिहीबारको एक घण्टामा नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८७ प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलपमेण्टको सर्वाधिक ४ दशमलव ५५ प्रतिशतले घटेको छ । बिहीबार पहिलो घण्टाको कारोबारमा ब्यापारिक समूहको शून्य दशमलव १९ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो अवधिसम्म सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।

घण्टामा १७५ कम्पनीको रू. ३४ करोड ३१ लाख ७ हजार बराबरको ११ लाख ९० हजार ६९१ कित्ता शेयर कारोबार भएको छ ।
यस दिन लाभांश सार्वजनिक गरेको शिवम् सिमेण्टको सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको छ । पहिलो घण्टामा शिवम्को रू. २ करोड ५० लाख ४७ हजार बराबरको शेयर कारोबार भएको हो । शिवम्ले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया