बिहीबार, वैशाख ६, २०८१

बिहीबार दोस्रो घण्टामा १५६४.२२ विन्दुमा नेप्से, कारोबार रकम ५८ करोडभन्दा बढी

नेपालखोज २०७७ असोज २९ गते १३:२२

काठमाडौं । बिहीबार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव शून्य ५ अंक बढेर १ हजार ५६४ दशमलव २२ विन्दुमा पुगेको छ । यो अवधिसम्म नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशत बढेको हो । यस अवधिसम्म सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५० अंक बढेर ३१० दशमलव २४ विन्दुमा पुगेको छ ।

दोस्रो घण्टामा १८९ कम्पनीको ५८ करोड ५९ लाख ५६ हजार रूपैयाँ बराबरको २० हजार ७१ कित्ता शेयर कारोबार भएको छ । यो अवधिसम्म पनि शिवम् सिमेण्ट्सकै सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको छ । शिवम् सिमेण्ट्को दोस्रो घण्टामा ४ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । दोस्रो घण्टाको कारोबारमा होटल समूहको शून्य दशमलव ६६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ५ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य २ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको घटेको छ । यस अवधिसम्म व्यापारिक समूहको परिसूचक सर्वाधिक १ दशमलव १ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया