शुक्रबार, वैशाख १४, २०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ असोज २९ गते १७:११

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका २ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिपेशले असोज ८ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया