बुधबार, वैशाख १२, २०८१

संचार सेट बोक्ने, प्रहरी हुँ भन्दै रात्रीकालिन व्यवसायीहरुलाई धम्क्याउने

नेपालखोज २०७७ असोज २९ गते १८:०३

काठमाडौं । संचार सेट (वाकीट्वाकी) बोक्ने नक्कली प्रहरी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार बिगत दुई बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने किनवड ब्राण्डको ११४ मेगाहर्ज एफ एम ट्रान्ससिभर टिएच २२ ई र हेड वाकीट्वाकी सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरी युनिफर्मको रेनकोट, प्रहरीको टि सर्ट, नेमप्लेट लगाई प्राय प्राय रातको समयमा म प्रहरी हुँ भनी काठमाडौं उपत्यकाका बिभिन्न रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको भन्ने बिशेष सुचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले रामेछाप जिल्ला घर भई हाल काठमाडौंको बाँनियाँटार बस्ने गोविन्द खड्कालाई बिहिबार बिहान ७ बजेको समयमा टोखाको बानियाँटारबाट पक्राउ गरेको अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार पक्राउ परेका २८ बर्षिय खड्का पेशाले हार्डवेयरको सामान ओसारपसार गर्ने व्यक्ति हुुन् । उनको साथबाट सुरक्षा निकायले लगाउने बुट, सिटी, बिभिन्न सरकारी निकायको परिचयपत्र, मतदाता परिचय पत्र, सिठी दुई थान, सवारी चालक अनुमती पत्र एक थान सहितका बिभिन्न ब्राण्डका मोवाईल आदि बरामद गरिएका छन् ।

प्रतिक्रिया