बुधबार, वैशाख १२, २०८१

कोरोना अपडेट : थप ३७४९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३६ हजार ५ नाघ्यो

नेपालखोज २०७७ असोज २९ गते १९:३८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ७४९ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा थप तीन हजार ७४९ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै देशभर ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । आजसम्म १२ लाख ३७ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८२५ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन पाँच हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया