शुक्रबार, चैत १६, २०८०

काठमाडौं उपत्यकामा आज थपिए १९३५ संक्रमित

नेपालखोज २०७७ असोज २९ गते १९:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९३५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ कोरोना संक्रमित थपिएका हुन् ।

बुधबार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ गरी एक हजार ४०३ कोरोना संक्रमित थपिएका थिए । मंगलबार काठमाडौंमा १७४६, ललितपुरमा १६७ र भक्तपुरमा २१६ गरी दुई हजार १२९ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ गरी दुई हजार २८३ कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया