बिहीबार, वैशाख १३, २०८१

युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपति ‘सी’ को आदेश

नेपालखोज २०७७ असोज ३० गते ६:३९

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । चिनियाँ सरकारी मिडिया सिन्ह्वा न्युज एजेन्सीले बिहीबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । ‘सैनिकहरु उच्च सतर्कतासाथ रहनु पर्छ ।

तपाईँहरु आफ्नो सम्पूर्ण दिमाग र उर्जालाई युद्धका लागि तयार राख्नूस्,’ नेता सीको भनाइलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । ‘सैनिकहरु पूर्ण रुपमा वफादार, पूर्ण रुपमा शुद्ध र पूर्ण रुपमा विश्वासिलो हुनुपर्छ,’ राष्ट्रपति सीले चाओझोउ सहरस्थित जनमुक्ति सेनाको जलसेनासँग भेटको क्रममा यस्तो आदेश दिएका हुन् ।

रिपोर्ट अनुसार सीले आदेश दिने क्रममा प्रत्यक्ष रुपमा भारतलाई लक्षित भने गरेका थिएनन् । जब कि, पछिल्लो समय चिनियाँ सेना सीमा विवादका कारण भारतीय सेनासँग पटक पटक आमने–सामने भएका छन् । यसवाहेक ताइवानस्थित दक्षिण चीन सागरमा अमेरिकासँग पनि चिनियाँ सेनाको टकराव पर्दै आएको छ ।

प्रतिक्रिया