शुक्रबार, वैशाख ७, २०८१

कोरोनाकोबाट ज्यान जोगाउन प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

नेपालखोज २०७७ असोज ३० गते ७:१७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जोगाउन प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ ।

यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । उसले युरोपमा अब दैनिक एक हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको बीबीसीले जनाएको छ ।

गएको २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए । कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु जारी गरि सकेको छ ।

त्यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।

प्रतिक्रिया