बिहीबार, वैशाख १३, २०८१

कोभिडको नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन अग्रसर बनौं : प्रधानमन्त्री

नेपालखोज २०७७ असोज ३० गते ८:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताएका छन् ।

विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिदै उनले कोरोना महामारीको नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्बन्धित निकायलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि तथा दिगो विकासको लक्ष्य प्राप्त गर्न खाद्य दिवसले अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषय संघ, प्रदेश र पालिकाको अधिकार सूचीमा रहेको भन्दै तीनै तहका सरकारको तालवद्ध र समन्वयात्मक प्रयासमा जोड दिएका छन् ।

सरकारले अगाडि सारेको ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारालाई सार्थक तुल्याउन पनि व्यावहारिक अभ्यासको खाँचो रहेको उनले औंल्याएका छन् ।

प्रतिक्रिया