शुक्रबार, चैत १६, २०८०

नेपालमा रसायनिक मल कारखाना खोल्न सम्भव

नेपालखोज २०७७ असोज ३० गते ९:०१

काठमाडौं । सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्न सम्भव भएको निष्कर्ष निकालेको छ । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले उक्त निष्कर्ष निकालेको हो ।

कृषि मन्त्रालयले मन्त्रालयका सचिवल राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा उक्त कार्यदलको गठन गरेको थियो । सो कार्यदलले रसायनिक मल कारखाना स्थापना सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ ।

प्रारम्भिक अध्ययन अनुसार नेपालमा रसायनिक मलको कारखाना खोल्न सम्भव रहेको तथा थप अध्ययनको पनि आवश्यकता रहेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा तत्काल युरिया प्लान्ट स्थापना गर्नका लागि बायोमास ग्यासिफिकेसन र जलविद्युतको हाइव्रिड प्रविधि अवलम्वन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

नेपालमा जलविद्युतको पर्याप्त उत्पादन हुन थालेकाले विद्युतको महसुल घट्ने आँकलन गर्दै कार्यदलले उक्त प्रविधि उपयुक्त रहेको जनाएको छ ।

प्रतिक्रिया