बुधबार, वैशाख १२, २०८१

आइतबारदेखि उपत्यकामा खसीबोका भित्र्याइँदै

नेपालखोज २०७७ असोज ३० गते ९:१९

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी आइतबारदेखि उपत्यकामा खसीबोका भित्र्याउने भएको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुलियत दिनका लागि कम्पनीले विभिन्न जिल्लाबाट खरिद गरेर ल्याउन लागेको हो ।

प्रत्येक वर्ष घटस्थापनाको दिन भित्र्याएर भोलिपल्टदेखि बिक्री गर्दै आएकोमा यो वर्ष खरिद गर्न ढिलाई भएकाले ३ कात्तिकबाट मात्र बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ । दसैंमा बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा बजार मूल्य नियन्त्रण गर्नका लागि ल्याउन लागिएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

यो वर्ष च्याङ्ग्रा खरिद गर्न नपाइएकाले खसीबोका मात्र ल्याउन लागिएको उनले जानकारी दिए । यो वर्ष पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याइने र माग बढ्दै गयो भने थप गर्न सकिने कम्पनीले जनाएको छ । कोराना भाइरसको कारणले गर्दा यो वर्ष अघिल्ला वर्षको तुलनामा खसीबोकाको खपत कम हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया