शनिबार, वैशाख ८, २०८१

काठमाडौं छिर्ने नाकामा कडाइ गर्ने विषयमा छलफल गर्न सीसीएमसीको बैठक बस्दै

नेपालखोज २०७७ असोज ३० गते १०:०८

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक आज बस्ने भएको छ । बैठकमा काठमाडौं छिर्ने नाका कडाइ गर्ने विषयमा छलफल हुने वताइएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर काठमाडौमा वढ्दै गएपछि उपत्यका छिर्ने नाका कडा गर्ने बिषयमा सीसीएमसीको बैठकमा छलफल हुन लागेको हो । यस अघि सरकारले कोरोना न्युनिकरण गर्न लकडाउन र निषेधआज्ञा गरेपनि काठमाडौ छिर्ने नाकामा कडाइ नहुदा काठमाडौ उपत्यकामा कोरोना संक्रमण वढेको थियो ।

यस्तै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरस कोभिड–१९ को महामारी थप भयाभह भएर जान सक्ने चेतावनी दिएको थियो । नजिकिदो चाडवाडसंगै वजारमा मानिसहरुको भिडभाड पनि वढ्दो ।

प्रतिक्रिया