बिहीबार, वैशाख १३, २०८१

मेगा बैंकको लिलामी शेयरको कट अफ मूल्य सार्वजनिक

नेपालखोज २०७७ असोज ३० गते १३:३८

काठमाडौं । मेगा बैंक नेपालले लिलामीमा ल्याएको शेयरको बिहीबार १० देखि बेलुका ११ बजेसम्म शिलबन्दी बोलपत्र खुला गरी प्रारम्भिक कट अफ मूल्य निर्धारण गरिएको छ । बैंकको लिलामी शेयरको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सर्वसाधारण समूहतर्फको शेयरको प्रारम्भिक कट अफ मूल्य २१५ रुपैयाँभन्दा माथि निर्धारण हुने भएको छ भने संस्थापक शेयरको प्रारम्भिक कटअफ मूल्य १०८ रुपैयाँ कायम भएको छ ।

क्यापिटलका अनुसार उच्च संख्यामा परेको आवेदनका कारण बोलपत्र आवेदनको तथ्याङ्क अझै रुजु भैसकेको छैन। अन्तिम तथ्याङ्कमा भने हाल कायम भएको कट अफ प्राइसमा केही तलमाथि हुनसक्ने जनाएको छ ।बैंकको साधारण शेयर बिहीबार प्रतिकित्ता २३० रुपैयाँमा कारोबार भएको छ । यसअनुसार बैंकको लिलामीमा कायम भएको मूल्य दोस्रो बजारमूल्यभन्दा ६।५२ प्रतिशत अर्थात १५ रुपैयाँ मात्र कम हो ।
उता बैंकको संस्थापक शेयरको अन्तिम पटक १२६ रुपैयाँ अन्तिम कारोबार भएको थियो । यसअनुसार बैंकको संस्थापक शेयरमा कायम भएको कटअफ दोस्रो बजारमा अन्तिम पटक कारोबार भएको मूल्यको १८ रुपैयाँ अर्थात १४.२९ प्रतिशत कम हो । बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रदमा अवितरित सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता र संस्थापक समूहतर्फ ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता शेयर असोज ११ गतेदेखि १८ गतेसम्म लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

प्रतिक्रिया