मंगलबार, वैशाख ११, २०८१

शिवम् सिमेन्ट्सको कात्तिक २४ गते साधारण सभामा २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न आह्वान

नेपालखोज २०७७ असोज ३० गते १४:०४

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले कात्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक १३ गते बिहीबार शेयर दाखिल खारेजी गर्ने मिति तोकिएको छ । यस अनुसार कात्तिक १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

साथै सभाले गत आवको नाफा नोक्सान सहित वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने तथा आव २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कोभिड संक्रमणका कारण भिडियो कन्फ्रेन्स मार्फत साधारण सभामा सहभागिता जनाउन सकिने जनाइएको छ । साधारण सभामा सहभागी हुन चाहने शेयरधनीलाई नाम दर्तापछि जुम आईडि र पासवर्ड उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया