बिहीबार, चैत १५, २०८०

हुवावेद्वारा अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्को शुरुवात

नेपालखोज २०७७ असोज ३० गते १५:१४

काठमाडौं । संयुक्त राष्ट्र ब्रोडबैंड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (२०२०) को अनलाइन संचालन शुरुवात गरेको छ । इन्टेलिजेन्ट कनेक्टिभिटी, न्यू भ्यालु टुगेदरू को विषयवस्तुमा रहेर यस वर्षको यूबीबीएफले यस इन्टेलिजेन्ट युगमा कनेक्टिभिटी उद्योगले सामना गरिरहेको चुनौती र अवसरको बारेमा छलफल गरेको छ ।

उक्त कार्यक्रममा हुवावेका कार्यकारी निर्देशक तथा लगानी समीक्षा बोर्डका अध्यक्ष डेभिड वांगले इन्टेलिजेन्ट संसारको लागि इन्टेलिजेन्ट कनेक्टिभिटीको निर्माणू शीर्षकमा भाषण दिएका छन् । वांगले घर र उद्यम परिदृश्यको लागि पनि हुवावेको अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस् शुरू गरिएको बताए । यी परिदृश्यहरूको माध्यमबाट होम ब्रोडब्यान्डले अनुभव अर्थव्यवस्था युगमा प्रवेश गर्ने र उद्योगहरूको डिजिटल रूपान्तरणको प्रक्रियालाई तीब्रता दिने उनले जानकारी दिए ।

हुवावेका कार्यकारी निर्देशक डेभिड वांगले अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्को शुरूवात गर्दै कनेक्टिभिटि उद्योगले देखेको पाँच रोमाञ्चक परिवर्तनहरु कनेक्टिभिटिको प्रत्येक अपग्रेडले समाजलाई मौलिक रूपमा परिवर्तन गरेको बताएका छन् ।

हुवावे बारे

१९८७ मा स्थापित हुवावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो । हामीसँग १९४,००० भन्दा बढी कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छौं, विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्दछौं ।

हाम्रो लक्ष्य भनेको संसारलाई हरेक मानिस, घर र संस्थालाई डिजिटल बनाई इन्टेलिजेन्ट विश्व बनाउने हो । यस उद्देश्यका लागि हामी सर्वव्यापी कनेक्टिभिटि ड्राइभ गर्नेछौं र नेटवर्कमा समान पहुँचको प्रचार गर्नेछौं उच्च कम्प्युटिंग पावर प्रदान गर्नको लागि पृथ्वीको चारै कुनामा क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स जतिबेला जहाँ कही पुर्याउनेछौैं प्लेटफार्म निर्माण गर्न सबै उद्योग र संगठनहरू अधिक फुर्तिलो, कुशल र गतिशील बन्न मद्दत गर्नेछौं  ।

हुवावे नेपाल बारे
हुवावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । १९९९ देखि ह्वावेले द्दन्रघन्रद्धन् टेक्नोलोजी र समाधान नेपाल ल्यायो, टेलिकम अपरेटरहरूलाई छिटो सञ्चार नेटवर्क परिचालन गर्न मद्दत पुर्यायो, दुर्गम क्षेत्र सहित, दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै डिजिटल नेपालू को जग निर्माण गर्‍यो । नेपालका २८ करोड भन्दा बढी जनसंख्याले ह्वावेको समाधानबाट फाइदा पाइरहेका छन् । स्थानीय योगदानमा हुवावेले नेपालमा विगत २१ बर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,०००ं रोजगारी सिर्जना गरेको छ । २०१५ मा हुवावेले नेपाल सरकार र टेलिकम अपरेटरहरूलाई भूकम्पपछि नेटवर्क पुनः सुधार गर्न मद्दत पुर्‍याएको थियो, टेलिकम्युनिकेसन सहज बनाएर प्रकोप उद्धारमा ठूलो योगदान पुर्‍याएको थियो । ह्वावेले टेलिकम अपरेटरहरूलाई एभरेष्ट बेस क्याम्पमा वायरलेस बेस स्टेसन निर्माण गर्न मद्दत पुर्‍याएको थियो जसको सहयोगले विकट क्षेत्रलाई संचारको माध्यमले बाह्य विश्वमा पूर्ण रूपमा जोड्न मद्दत गर्ने छ । भविष्यमा हुवावेले नेपाललाई अधिक प्रविधि जस्तै 5G, क्लाउड र AI ल्याइ डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ ।

 

प्रतिक्रिया