शुक्रबार, चैत १६, २०८०

एनएमबि बैंक सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

नेपालखोज २०७७ असोज ३० गते १६:००

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दै गरेको बैंकले जानकारी दिएको छ ।

यो परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् । २५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल ३ अर्ब ५० करोड रुपैयाँको हुनेछ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

प्रतिक्रिया