शुक्रबार, वैशाख १४, २०८१

प्रहरी कार्यालय पर्सामा ६५ औं प्रहरी दिवस कार्यक्रम सम्पन्न

नेपालखोज २०७७ असोज ३० गते १७:०५

काठमाडौं । शुक्रबार बिहान ९ बजे प्रहरी कार्यालय पर्सामा ६५ औं प्रहरी दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रमूख जिल्ला अधिकारी अस्मान तामाङको प्रमूख आतिथ्यमा आयोजना गरिएको थियो ।

सो कार्यक्रमा विशेष अतिथिहरु प्रमूख सेनानी मदन जंग राणा, सप्रउ राजेन्द्र खड्का, अनुसन्धान उपनिर्देशक टिका प्रसाद पोखरेल ज्यू, तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवार, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष लगायतका सञ्चारकर्मी एवं प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अमर तथा वीर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण गरी संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकको शुभकामना सन्देश बाचन गरिएको जनाएको छ ।

प्रमूख अतिथिबाट अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गर्नुको साथै उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार एवं प्रमाण पत्र द्वारा पुरस्कृत गरियो ।

 

 

 

प्रतिक्रिया