सर्वोच्च अदालत कात्तिक १५ सम्मका लागि बन्द
नेपालखोज
२०७७ असोज ३० गते २०:२०
काठमाडौं । सर्वोच्च अदालत कात्तिक १५ गतेसम्मका लागि बन्द भएको छ । कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने सूचना जारी गरेर जानकारी गराइएका छ ।
दसैंका बेलामा सँधै यो अवधिमा अदालत बन्द हुने गर्दछ । तर, यो अवधिमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ ।
शनिबार र विजयादशमी टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि भने खुला रहनेछ । अरु प्रकारका मुद्दाहरुमा भने सुनुवाइ हुने छैन् ।
सम्बन्धित
प्रतिक्रिया