शुक्रबार, वैशाख १४, २०८१

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अनुमति

नेपालखोज २०७७ कार्तिक १ गते ६:४९

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनुमति दिएको छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले शुक्रबार एन्फालाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो ।

एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो ।राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । फिफाको विन्डोको मिति अनुसार नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्नेछ ।

राष्ट्रिय टिममा व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलको तयारी गरिएको छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रतिक्रिया