बिहीबार, वैशाख १३, २०८१

कोरोना कहर : विश्वमा ज्यान गुमाउनेको संख्या ११ लाख नाघ्यो

नेपालखोज २०७७ कार्तिक १ गते ७:१५

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमितको संख्या भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) ७४ लाख ३० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ६५ हजार बढी नयाँ संक्रमित थपिएका छन् । भने ८ सय ८६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउने संख्या १ लाख १३ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत सेप्टेम्बर २८ बाट अक्टोबर १० सम्म अर्थात १३ दिनमा कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।

त्यस्तै सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितको संख्या ८२ लाख ८८ हजार नाघेको छ। भने त्यहाँ मृत्यु हुनेको संख्या २ लाख २३ हजार नाघेको छ ।

त्यस्तै विश्वका करिब २ सय १६ देशमा फैलिसकेको कोरोना भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ। भने विश्वभर संक्रमितको संख्या ३ करोड ९५ लाख ६५ हजार नाघेको छ । जसमा २ करोड ९६ लाख ४८ हजार ९ सय १५ जना निको भइसकेका छन् ।

प्रतिक्रिया