बुधबार, वैशाख १२, २०८१

सप्तरीमामा शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा

नेपालखोज २०७७ कार्तिक १ गते ७:४९

सप्तरी । सप्तरीमा शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला सुरक्षा समिति, सप्तरीले गएराति ११ बजेदेखि आउँदो मङ्सिर ७ गते राति साढे ११ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य र गतिविधि हुन र गर्न निषेध गरिएको बताए । आजदेखि बडादशैँ सुरु भएसँगै शक्तिपीठ तथा मन्दिरमा भीडभाड हुने भएकाले समितिले निषेधाज्ञा लगाएको हो ।

 

प्रतिक्रिया