शुक्रबार, वैशाख ७, २०८१

आज एकैदिन थपिए ३ हजार १६७ कोरोना संक्रमित

नेपालखोज २०७७ कार्तिक १ गते १८:२४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १५ हजार ४३८ पीसीआर परीक्षण गर्दा ३ हजार १६७ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।

प्रतिक्रिया