शुक्रबार, चैत १६, २०८०

पृतनापति सम्मेलन भोलिदेखि

नेपालखोज २०७७ कार्तिक १ गते २१:३८

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने छ ।

प्रत्येक छ–छ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुने छ । सेनाका आर्ठ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन् । । उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौंँडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।

प्रतिक्रिया