बुधबार, वैशाख १२, २०८१

राष्ट्रपति र प्रधानमन्त्रीले यस वर्ष सर्वसाधारणलाई दसैंको टीका नलगाउने

नेपालखोज २०७७ कार्तिक २ गते ७:२१

काठमाडौं । यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाउने भएका छन् । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नराखिएको हो ।

हरेक बर्ष दशैमा राष्ट्रपति र प्रधानमन्त्रीको हातबाट टिका थाप्न हजारौ सर्बसाधारण पुग्ने गरेका थिए । त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका लगाउने जनाइएको छ ।

उनले विज्ञप्ति नै जारी गरेर दसैंमा टीकाको कार्यक्रम नराखिएको जानकारी गराएका हुन् । उनि समक्ष पनि हजारौ सर्वसाधारण दशैमा टिका ग्रहण गर्नका लागी पुग्ने गरेका थिए ।

प्रतिक्रिया