बुधबार, वैशाख १२, २०८१

सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नियमित हवाई उडान

नेपालखोज २०७७ कार्तिक २ गते ८:०९

कैलाली । धनगढीबाट सुदूरपश्चिम पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुने भएको छ ।

उडान तालिकाको टुंगो लागेसँगै समिट एअरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने जनाएको छ । समिट एअरले धनगढीबाट डोटी र बझाङ मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्ने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

समिटले धनगढीबाट बाजुराका लागि भने यसअघिदेखि नै उडान भरिरहेको छ । त्यसैगरी अछामको साफे विमानस्थलका लागि समेत धनगढीबाट उडान गर्ने र त्यसका लागि उडान तालिका र भाडादर निर्धारणको गृहकार्य भइरहेको एअरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया