शनिबार, वैशाख १५, २०८१

कैलालीमा तस्कर समूहद्वारा एक प्रहरीको हत्या

नेपालखोज २०७७ कार्तिक २ गते १०:४६

काठमाडौं । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् । एक प्रहरी अझै सम्पर्क विहीन छन् ।

कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई र एक प्रहरी जवान गएराति सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए । मोटरसाइकलमा गएका उनीहरुमध्ये एक जनाको शव मोहना नदीमा फेला परेको सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका गरेका छन् ।

प्रहरी टोली घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको डीआइजी सुवेदीले बताए । दुवैजना गएराति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्कविहीन भएपछि अन्य प्रहरी टोली खोजीमा निस्किँदा एकजनालाई मृत अवस्थामा फेला पारेको हो । 

प्रतिक्रिया