शनिबार, वैशाख ८, २०८१

गण्डकी प्रदेशमा ५ हजार ६८५ काेराेना सङ्क्रमित

नेपालखोज २०७७ कार्तिक २ गते १५:१४

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ८० हजार ३ सय ९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने ३ हजार ४८८ जना निको भएका छन् ।

प्रतिक्रिया