शुक्रबार, वैशाख १४, २०८१

सोमबार ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

नेपालखोज २०७७ कार्तिक २ गते १५:५७


काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बोलकबोलका माध्यमद्वारा बिक्री गरिने उक्त ट्रेजरी मध्येमा ४ अर्ब रुपैयाँ नयाँ रहेको छ भने बाँकी पुरानै ट्रेजरी बिल रहेको छ ।

राष्ट्र बैंकका अनुसार बिक्री हुुन लागेको कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको २० करोड, एक सय ८२ दिने अवधिको ५ अर्ब र ३ सय ६४ दिने अवधिको ६ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये ९१ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७७ माघ ६ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि वि.सं २०७८ बैशाख ७ गते र ३ सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ कार्तिक २ गते तोकिएको छ । यसअघि असोज २६ गते पनि राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया