बुधबार, वैशाख १२, २०८१

आइतबार २ हजार ९४२ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३९ हजार नाघ्यो

नेपालखोज २०७७ कार्तिक २ गते १६:३९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट गरिएको कोरोना परिक्षणमा आइतबार २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सो अबधिमा २ हजार ३ सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । भने, हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया